समाधान खोज लापरवाही नगर

गर्मीयामको सुरुवात भएको छ । जिल्लाका विभिन्न दुर्गम गाउँहरुमा औषधिको समस्या देखिएको छ । सरकारले २२ देखि ३५प्रकारका औषधिहरु अति गरिव, एकल महिला, जनजाती, जेष्ठ नागरिकहरुका लागि भनेर छुट्टाएको छ । गाउँमा औषधि नपुगेपछि स्थानीयले निशुल्क औषधि पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।
विगत ६ महिनादेखि देखिएको यस्तो समस्या समाधानका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले औपचारिक रुपमा आफ्नो निकायलाई जानकारी गरायो निकाशा     भएन् । गाउँमा औषधि ढुवानीका लागि करिव ३ लाख रकम मात्र भए पुग्ने संभावना देखिएको छ । जिल्लाको कुनै एक स्थानमा माहामारि फैलियो भने बीसौं लाख सम्म खर्च गर्न सक्ने स्थानीय गैर सरकारी संघ संस्थाहरु पनि जिल्लामै छन् तर उनीहरुका लागि माहामारी नै फैलनुपर्ने       हुन्छ । त्यस्ताको के कुरा गर्नु ?
ुअव यस्तो अर्को कुनै उपाय पनि खोजी गर्नुैपर्ने देखिन्छ । स्थानीय वासिन्दाहरुका लागि जिल्ला विकास समिति र गाउँविकास समितिले सामान्य पहल गर्न सक्यो भने पनि यस्तो समस्या समाधान हुने देखिएको छ तर त्यसतर्फ न त जिल्लाका राजनीतिक दलहरुलेनै ध्यान दिएका छन् नत अन्य निकायहरुले नै ?
ध्यान दिने पनि कसरी असार नजिकीदै छ सवैलाई कागजी विकास बनाएर रकम पाकेटमा राख्न ठिक्कै छ ।
जनताको स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको यस्तो कुराको बारेमा तत्काल समाधानका उपाय खोजी गर्नुपर्दछ । सानो लापरबाहीले धन, जनको क्षती हुन बाट बचाउनु तपाँई हामी सवैको कर्तब्य हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार